नेपाली यात्रुहरू बोकेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको महाराष्ट्र पलियाबाट बेङलोरतर्फ गइरहेको बस दुर्घटना हुँदा २ जना यात्रु घाइते भएका छन् ।
बुधबार बिहान ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनापछि बसका यात्रुहरू अलपत्र परेको डडेल्धुराका प्रेमसिंह धामीले बताए । धनगढीमा रहेको खप्तड सैपाल टुर एण्ड ट्राभल्समार्फत गएका ४० भन्दा बढी यात्रुहरूको अहिलेसम्म पनि उद्वार नगरिएको उनले बताएका छन् । एजेन्टहरूले गाडी पठाउने भनेको भए पनि हालसम्म गाडी नआएको बताइएको छ ।