असार १०, २०७८ बिहिबार

एजेन्सी । १६ औं संस्करणको जारी युरो कप २०२० अन्तर्गत समूह चरणका सम्पूर्ण खेल सकिएका छन् । गए राति चार खेल भए सँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो । 

अघिल्लो वर्ष नैं हुनुपर्ने यस प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।

यस पटक युरो कप युरोपको ११ देशको विभिन्न शहरमा जारी छ । जुन ११ देखि सुरु भई जुलाई ११ मा सकिने युरो कप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको थियो । 

प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट ४ टोली अन्तिम १६ मा प्रवेश गरेका छन् ।

अन्तिम १६ मा प्रवेश गर्ने टोलीहरु 

समूह `ए´
१. इटाली समूह विजेता ३ खेल ९ अंक
२. वेल्स समूह उपविजेता ३ खेल ४ अंक
३. स्विजरल्याण्ड समूहको उत्कृष्ट तेस्रो ३ खेल ४ अंक

समूह `बी´
१. बेल्जियम समूह विजेता ३ खेल ९ अंक
२. डेनमार्क समूह उपविजेता ३ खेल ३ अंक 

समूह `सी´
१. नेदरल्यान्ड समूह विजेता ३ खेल ९ अंक
२. अष्ट्रिया समूह उपविजेता ३ खेल ६ अंक
३. युक्रन समूहको उत्कृष्ट तेस्रो ३ खेल ३ अंक

समूह `डी´
१. इंग्ल्याण्ड समूह विजेता ३ खेल ७ अंक
२. क्रोएसीया समूह उपविजेता ३ खेल ४ अंक 
३. चेक रिपब्लिक समूहको उत्कृष्ट तेस्रो ३ खेल ४ अंक

समूह `ई´
१. स्विडेन समूह विजेता ३ खेल ७ अंक
२. स्पेन समूह उपविजेता ३ खेल ५ अंक

समूह `एफ´
१. फ्रान्स समूह विजेता ३ खेल ५ अंक
२. जर्मनी समूह उपविजेता ३ खेल ४ अंक
३. पोर्चुगल समूहको उत्कृष्ट तेस्रो ३ खेल ४ अंक

समूह चरणबाट बाहिरिने टोलीहरु - 
टर्की, फिनल्यान्ड , रसिया, नर्थ म्यासेडोनिया,स्कटल्याण्ड, स्लोभाकिया, पोल्यान्ड , हंगेरी

अन्तिम १६ को खेल तालिका 

No description available.