बिहीवार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बिहीवार नेप्से १६ दशमलव ९६ अंकले घटेर दुई हजार ८ सय ४३ विन्दुमा रोकिएको छ ।
त्यस्तै, बिहीवार नेप्सेमा ७ अर्ब ३३ करोड ६० लाख बराबरको कारोबार भएको छ । बुधवार पनि नेप्सेमा ८ अर्बको कारोबार भएको थियो । नेप्सेका अनुसार बिहीवार अप्पर तामाकोशी हाइड्रोपावरको शेयर बढेको छ । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।बिहीवार ङादी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।कारोबारको आधारमा बिहीवार सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।