काठमाण्डौ। छैठौ संस्करणको पाकिस्तान सुपर लिग(पिएसएल)को उपाधी मुल्तान सुल्तान ले जितेको छ। गय राती सम्पन्न फाईनल खेलमा पहिलो पटक उपाधी चुमेको मुल्तानले पेसाबर जाल्मीलाई ४७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०६ रन बनायो। उसका लागि सोयव मक्सुदले ६५ रनको योगदान गर्दा राईली रुसोले ५० रन बनाए। पेसाबरका लागि सामिन गुल र मोहम्मद ईम्रानले समान २/२ विकेट लिए।
२०७ रनको लक्ष्य पछ्याएको पेसावर भने २० ओभरमा ९ विकेट गुमाउदै १५९ रनमा रोकियो। उसका लागि सोयब मल्लिकले ४८ तथा कम्रान अकमलले ३६ रनको योगदान गरे। मुल्तानका लागि ईम्रान ताहिरले ३ तथा बेल्सिन मुजर्वानी र ईम्रान खानले समान २/२ विकेट लिए।