एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको दक्षिण फुटबल प्रतियोगिता कोपा अमेरिकीमा उरुग्वेले पहिलो जित निकालेको हो ।
शुक्रबार बिहान सम्पन्न भएको खेलमा उरुग्वेले बोलिभियलाई २-० गोलले पराजित गरेको हो ।
उरुग्वेको पहिलो जितमा एडिसन काभानीले एक गोल गर्दा , अर्को गोल उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।
उरुग्वेले दोस्रो हाफको खेलको ७९औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेको जित पक्का गरेको हो ।
उक्त जित सँगै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसको ३ खेलबाट ४ अंक भएको छ । यता पराजित बोलिभिया भने अंकविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।