असार ११, २०७८ शुक्रबार

फाइल तस्बिर

नेपाली बजारमा आज चाँदीको मूल्यमा सामान्य वृद्धि हुँदा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै ९० हजार रुपैयाँ प्रतितोला कायम भएको छ ।