पुस ४, २०८० बुधबार

काठमाडौं– नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन भएका छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २३० औँ सञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । एक कार्यक्रमका बीचमा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।