पुस ४, २०८० बुधबार

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन तोलामा १००० रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।