असार ११, २०७८ शुक्रबार

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ १२ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५० पैसा रहेको छ ।


अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र बिक्रीदर १० रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।