असार ११, २०७८ शुक्रबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा शुक्रबारको बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका हुन् ।


शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका छन् । रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ ।