नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकाे आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवाै गाउँ सभा हिजो (बिहिवार) सम्पन्न भएको छ।
नवाै गाउँ सभाले आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन पुर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
गाउसभामा गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जनआकाङ्क्षा र निर्वाचित जनप्रतिनिधिहरुकाे विकास प्रतिकाे तिव्र अपेक्षाकाे सम्वाेधन गर्न, संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त वित्तिय हस्तान्तरण, राजस्व बाडफाड साथै स्थानीय तहमा रहेका श्राेत र साधनकाे अधिनमा रहि कार्यान्वयन गर्ने गरि नीति तथा कार्यक्रम तयार गरेको बताए ।
इन्द्रावति समृद्धिकाे आधार, शिक्षा, कृषि, पर्यटन र पुर्वाधार भन्ने नारा तय गरेको पालिकाले गरिविकाे अन्त्य गर्न कृषि उत्पादनकाे क्षेत्रलाई विशेष प्राथमिकतामा राखि युवावर्गलाई कृषिमा आकर्षित गर्न कृषिलाई यान्त्रिकिकरण गर्दै सहुलियत ऋणकाे व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गर्दै युवनलाई गाउँमै रोजगारी उपलब्ध गरिएको छ।
किशानहरुले पाल्दै आएका पशुहरुमा राेग फैलि नाेक्सानि हुन नदिनकाे लागि पशु स्वास्थ शिविर सन्चालन गर्ने उल्लेख गरिएको छ भने काेभिड माहामारिकाे कारण विदेश बाट फर्किएका युवाहरुलाई उनिहरुकाे सीप र क्षमताकाे आधारमा कृषि पेशामा आकर्षित गर्न ५० प्रतिशत अनुदानमा ५ लाख सम्मकाे व्यवसायिक अनुदानकाे व्यवस्था गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा स्थानिय सरकारकाे निर्णय प्रकृयामा महिला, बालबालिका, अपांग, दलित र जेष्ठ नागरिकको सहभागीता सम्मानजनक रुपमा बढाइने उल्लेख गरेको छ।
सबै बालबालिकालाई अनिवार्य शिक्षाको पहुचमा राखि वर्तमान परिवेशमा विद्यालयमा सुचना प्रविधिकाे प्रयाेग तथा अनलाइन मार्फत शिक्षण प्रकृयामा जाेड दिने बताइएकाे छ भने छाेरा छाेरी विद्यालयमा बाबू आमा व्यवसायमा कार्यक्रम सन्चालनमा ल्याइने उल्लेख गरिएको छ।
कार्यक्रममा बाेल्दै गाउँपालिका उपाध्यक्ष मिरा लामाले आफ्नाे कार्यकालमा निकै कामहरु गर्न सफल भएकाे र अझै धेरै कामहरु जारि नै रहेको बताइन।