पुस ५, २०८० बिहिबार

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।