असार १२, २०७८ शनिबार

फाइल तस्बिर

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै छ । नेपालमा यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजनासहित विविध कार्यक्रमहरू सञ्चाल भइरहेका छन् ।

यस वर्षको दिवसको अन्तरराष्ट्रिय नारा भने Share “acts on Drugs, Save Lives तय गरिएको छ । हरेक वर्षको जून २६ तारिखलाई अन्तरराष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।