असार १२, २०७८ शनिबार

एजेन्सी । १६ औ संस्करणको युरोकप फुटबल प्रतियोगितामा आजदेखि नकआउट चरणका खेल सुरु हुदैँछ ।

गत बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएसँगै आजबाट नकआउट चरणका खेल सुरु हुने भएको हो ।

आज हुने नकआउट चरणको पहिलो खेलमा राति ९:४५ बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

त्यस्तै, इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । इटाली समूह ‘ए’ बिजेता हो । भने यता अष्ट्रिया समूह `सी´ को उपविजेता हो ।