काठमाण्डौ। पाहुना टोली दक्षिण अफ्रिका विरुद्धको ५ खेलको टि ट्वान्टी शृखंला अन्तर्गतको पहिलो खेलमा घरेलु टोली वेस्टईण्डिज पहिलो खेलमा सहज रुपले विजयी भएको छ।
बिहान सम्पन्न सो खेलमा ईभेन लुईसको धमाकेदार अर्धशतकमा घरेलु टोलीले ८ विकेटको सहज जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाउन सक्यो। उसका लागि रुसेन भान डेर डुसेनले ५६ रनको अर्धशतकिय पारी खेल्दा विकेट किपर क्विटन डि ककले ३७ रन बनाए। वेस्टईण्डिजका लागि फेवियन एलन तथा ड्रोयन ब्राबोले समान २/२ र जेसन होल्डर तथा आन्द्रे रसेलले १/१ विकेट लिए।
१६१ रनको लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोलीले १५ ओभरमा ८ विकेट हातमा रहदा नै सहज रुपले लक्ष्य भेट्न सफल रह्यो। उसका लागि ओपनर ईभेन लुईसले ७१ रनको अर्धशतकिय ईनिङ खेल्दा क्रिस गेल तथा आन्द्रे रसेल क्रमश:३२ तथा २३ रनमा नटआउट रहे। दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीले १ विकेट लिए।
जितसॅंगै घरेलु टोलीले शृखंलामा १-० को अग्रता लिएको छ ।यि दुई बिचको दोस्रो टिट्वान्टी खेल आईतबार बेलुका हुदैछ।