असार १३, २०७८ आइतबार

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा चेक रिपब्लिक विजयी भएको छ । 

आइतबार राति हंगेरीमा भएको खेलमा नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिकले क्वाटरफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो गोलरहित बराबरीमा सकिएको थियो ।  

त्यस्तै दोस्रो हाफको खेलको ५५औं मिनेट नेदरल्यान्डस् १० खेलाडीमा सिमित बन्यो । उसका डिफेन्स  म्याथियस डि लिटले रातो कार्ड खाँदै बाहिरिए।

१० खेलाडीमा समेटिएको नेदरल्यान्डस्माथि फाइदा उठाउँदै चेक रिपब्लिकले खेलको ६८औं मिनेटमा टोमस होलेअले गोल गर्दै १-० गोलको सुरुवाती अग्रता दिलाए । 

त्यस्तै खेलको ८०औं मिनेटमा प्याट्रिक सिकले अर्को गोल थप्दा चेक रिपब्लिकले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो । र खेलमा चेक रिपब्लिको जित पक्का गरे । 

उक्त जित सँगै चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन् । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्सले समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो  । यता चेक रिपब्लिकले समूह 'डी' बाट नकआउट चरणमा स्थान बनाएको हो  । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो  ।