एजेन्सी । साविकको विजेता पोर्चुगल १६औं संस्करणको जारी २०२० को युरो कप फुटबल प्रयोगिताबाट बाहिरिएको छ ।
स्पेनको सेभिल्लामा सोमबार बिहान सम्पन्न भएको प्रि-क्वाटरफाइनलमा बेल्जियम सँग १-० गोल अन्तरले पराजित हुदै यस प्रतियोगिता बाट बाहिरिएको हो ।
पोर्चुगलमाथि बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।
उनले पहिलो हाफको खेलको ४२ औं मिनेटमा गोल गर्दै बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
तुलनात्मक रुपमा बेल्जियमले भन्दा पोर्चुगलले पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।
यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टोली बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
उक्त जित सँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।
समूह चरणमा अपराजित बेल्जियम समूह 'बी' को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।
पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह 'एफ' बाट नकआउट चरणमा स्थान बनाएको थियो ।समूह चरणमा ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । यस प्रतियोगितामा पोर्चुगलले कुल ४ खेलमा ७ गोल गर्दा ७ तै गोल खाएको छ । जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो एकैले ५ गोल गरेका थिए । उनले ३ पेनाल्टी मार्फत गोल गरेका थिए ।