काठमाण्डौ। पाहुना टोली दक्षिण अफ्रिका विरुद्धको ५ खेलको टि ट्वान्टी शृखंला अन्तर्गतको दोस्रो खेलमा घरेलु टोली वेस्टईण्डिज पराजित भएको छ।
आज बिहान सम्पन्न सो खेलमा पाहुना टोलीले १६ रनको जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाउन सक्यो। उसका लागि कप्तान टिम्बा बमुराले ४६ रनको सर्वाधिक ठुलो पारी खेल्दा रिजा हेनरिकले ४२ रन बनाउदा विकेट किपर क्विटन डि ककले २६ रन बनाए। वेस्टईण्डिजका लागि ओवेड मेकोईले ३ तथा केविन सिन्किएरले २ र जेसन होल्डर तथा आन्द्रे रसेलले १/१ विकेट लिए।
१६७ रनको लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाउदै १५० रनमा समेटिएको थियो। उसका लागि ओपनर आन्द्रे फेल्चरले ३५ रनको ईनिङ खेल्दा फेबियन एलेनले ३४ रन बनाए। अन्य ब्याट्सम्यानले सोचे अनुरुपको खेल देखाउन नसक्दा वेस्टईण्डिजले हारको सामना गर्नु पऱ्यो। दक्षिण अफ्रिकाका लागि कागिसो रबडाले ३ तथा जर्जियो लिन्डीले २ विकेट लिए भने तबरेज साम्सी,एनरिक नोर्जे र लुगिं एगेंडीले समान १/१ विकेट लिए।
जितसॅंगै पाहुना टोलीले शृखंलामा १-१ को बराबरी गराएको छ । यि दुई बिचको तेस्रो टिट्वान्टी खेल मंगलबार बेलुका हुदैछ।