एजेन्सी। मे २८ तारिख बाट ईटलीमा सुरु पुरुष नेशन्स लिग भलिबल प्रतियोगिताको उपाधी ब्राजिलले जितेको छ।
१६ राष्ट्र सहभागी सो प्रतियोगिताको हिजो सम्पन्न फाईनल खेलमा पोल्याण्डलाई ३-१ को सेटमा पराजित गर्दै ब्राजिलले सो प्रतियोगिताको उपाधी जितेको हो।
ऊ पोल्याण्डसॅंग पहिलो सेट २२-२५ ले गुमाए पश्चात लगातार ३ सेट (२५-२३,२५-१६ र २५-१४) आफ्नो नाममा गर्दै सो प्रतियोगिताको यस संस्करण आफ्नो नाममा गर्न सफल रह्यो ।
२०१८ मा सुरुवात भएको सो प्रतियोगिताको यो तेस्रो संस्करण रहेको थियो। कोरोना महामारीका कारण २०२० मा तेस्रो संस्करण आयोजना हुन नसके पछि सोहि संस्करण यस बर्ष भएको थियो।
यस प्रतियोगिताको अघिल्लो २ संस्करणको उपाधी रसियाले जितेको थियो।
हिजो नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा स्लोभेनियालाई ३-० को सोझो सेटमा पराजित गरि फ्रान्सले तेस्रो स्थान हासिल गर्न सफल रह्यो।