सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान खोल्ने भएको छ । कोरोना भाइरस सङ्क्रमण बढेपछि रोकिएको उडान अब कोरोना सङ्क्रमित सङ्ख्या घट्दै गएकाले खोल्न लागिएको हो ।
विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ । नियमित उडानको आधा सङ्ख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार वुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ । यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन/तीन उडान स्वीकृति दिइएको छ।
साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ ।