आगामी जुलाई २२ तारिखबाट इंग्ल्याण्डमा सुरु हुने १०० बलको नया ढाचाको क्रिकेट प्रतियोगितामा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने ओभल ईन्सिवलमा आबद्ध भएका छन्। उनी रहेको यस टोलीमा वेस्टईण्डिजका सुनिल नारेन तथा इंग्ल्याण्डका जेसन रोय जस्ता टि ट्वान्टी क्रिकेटका बादशाहहरु रहेका छन्।
सन्दिप आबद्ध टोली ओभलमा रहेका खेलाडीकाबारेमा जानकारी यसप्रकार रहेको छ:
१)एलेक्स ब्लान्क :
इंग्ल्याण्डका यि क्रिकेटरले फस्ट क्लासका ४६ खेलमा १५११ रन , लिस्ट ए मा १०६ खेलमा २१२५ रन तथा टि ट्वान्टी तर्फ १३४ खेल खेली १८०५ रन बनाएका छन्।
२)रोय वर्न:
६ नोभेम्बर २०१८ मा इंग्ल्याण्डको टेस्ट टिममा डेब्यु गरेका वर्नले २५ टेस्टमा १५२९ , १५० फस्ट क्लास खेलमा १०४६८ , ५७ लिस्ट ए खेलमा १७२२ तथा ५४ टि ट्वान्टी खेलमा ६४० रन बनाएका छन्।
३)लोरि ईभान्स:
इंग्ल्याण्डका यि क्रिकेटरले हालसम्म ७१ फस्ट क्लास क्रिकेटमा३४७४ ,६३ लिस्ट ए खेलमा ६३ तथा १७३५ रन र १६४ टि ट्वान्टीमा ३९१३ रन बनाएका छन्।
४)विल ज्याक:
इंग्ल्याण्डका यि क्रिकेटरले पनि इंग्ल्याण्ड राष्ट्रिय टिमबाट खेल्ने अवसर नपाउदा २२ लिस्ट ए खेलमा५०६ , २६ फस्ट क्लास खेलमा १०२० तथा ५१ टि ट्वान्टि खेलमा १००१ रन बनाएका छन्।
५) जेसन रोय:
सन् २०१९ को एकदिवसिय विश्वकप बिजेता इंग्ल्याण्ड टिममा समेत रहेका रोय इंग्ल्याण्ड राष्ट्रिय टिमका एकदिवसिय र टि ट्वान्टी क्रिकेटका महत्वपुर्ण सदस्य हुन् उनले हालसम्म ५ टेस्ट खेल्दै १८७ रन ,९६ एकदिवसियमा ३५९८ रन तथा समग्र टि ट्वान्टीमा २४१ खेलमा ६२७७ रन बनाएका छन्।
६)जोर्डन कार्क:
इंग्ल्याण्डका विभिन्न घरेलु क्रिकेट खेल्ने यि अलराउन्डरले हाल सम्म ५५ फस्ट क्लास,५१ लिस्ट ए र ८७ टि ट्वान्टी खेल खेलेका छन्।
७)साम करन:
इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टोलीको हरेक विधामा एक अब्बल अलराउण्डरको छवि बनाएका सामले हालसम्म२१ टेस्ट खेलमा ७४१ रन तथा ४४ विकेट ,८ एकदिवसिय खेलमा १३२ रन तथा ४ विकेट र १६ टि ट्वान्टी अन्तराष्ट्रियमा ९१ रन तथा १६ विकेट लिएका छन्।
८)टोम करन :
इंग्ल्याण्ड राष्ट्रिय टिमका नियमित सदस्य रहेका टोमले हालसम्म २ टेस्ट खेलमा ६६ रन तथा २ विकेट , २६ एकदिवसिय खेलमा ३०३ रन तथा ३० विकेट र २८ टि ट्वान्टी अन्तराष्ट्रियमा ५४ रन तथा २६ विकेट लिएका छन्।
९)कोलिन ईन्ग्राम :
विश्वका प्राय: ठुला ठुला टि ट्वान्टी लिगहरुमा आफ्नो ससक्त उपस्थिति जनाई सकेका ईन्ग्रामले हालसम्म ३१ एकदिवसिय खेलमा ८४३ रन तथा ९ टिट्वान्टी अन्तराष्ट्रिय खेलमा २१० रन बनाएका छन्।
१०)सकिव महमद :
इंग्ल्याण्ड क्रिकेटका उदयमान बलरमा पर्दछन् सकिव उनले हालसम्म ४ एकदिवसिय खेलमा ५ विकेट हातपारेका छन्।
११)ब्रानडन ग्रोल्भर :
नेदरल्याण्डका तिव्र गतिका बलर ग्रोल्भरले हाल सम्म ३ एकदिवसिय खेलमा २ विकेट तथा १९ टि ट्वान्टी अन्तराष्ट्रिय खेलमा २८ विकेटलिएका छन्।
१२)रिच टोप्ले :
इंग्ल्याण्डका तिब्र गतिका बलर टोप्लेले हालसम्म १३ एकदिवसिय खेलमा २० तथा ६ टि ट्वान्टी अन्तराष्ट्रिय खेलमा ५ विकेट लिएका छन्।
१३)सुनिल नारेन :
वेस्ट ईण्डिज क्रिकेट टोलीका सदस्य नारेन विश्व हरेक फ्रेन्चाईजी लिगमा बलियो उपस्थिति रहेको छ। उनले हालसम्म ६ टेस्ट क्रिकेटमा २१ विकेट ,६५ एकदिवसिय खेलमा ९२ तथा ५१ टि ट्वान्टी अन्तराष्ट्रिय खेलमा ५२ विकेट लिएका छन्।
१४)साम विलिगंस:
इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान विलिगंसले २२ एकदिवसिय क्रिकेटमा ६०४ रन तथा ३२ टि ट्वान्टी खेलमा ४१७ रन बनाएका छन्।
१४)नाथन सोब्टर :
अस्ट्रेलियामा बसोबास गरे तापनि इंग्ल्याण्डमा आमाको जन्मभुमी रहेकोले घरेलु क्रिकेटरका रुपमा यिनको द हन्ड्रेडमा अनुबन्ध भएको हो। उनले १० फस्ट क्लास १९ लिस्ट ए ६४ टि ट्वान्टी खेलेका छन्।