पुस २०, २०८० शुक्रबार

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य  पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।