असार १४, २०७८ सोमबार

२७ अंकले बढेको बजारमा सबैभन्दा धेरै दुई कम्पनिका लगानीकर्ताले कमाएका छन्। जसमा सेञ्चुरी कमर्शियल बैंक र अपर तामाकोशी हाईडोपावर कम्पनी रहेका छन्।

यी दुई कम्पनीको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर बिक्री हँुदा ७ अर्ब १६ करोड ७४ लाख २४ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको छ।