असार १४, २०७८ सोमबार

प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले आज सोमबार सिफारिस गरेका हुनु । उक्त सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । योसँगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।