असार १४, २०७८ सोमबार

मकवानपुरमा आगामी २१ गतेसम्म निषेधाज्ञा थपिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको भएपनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप ७ दिन थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले जानकारी दिए। 

बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ४ बजेदेखि विहान १० बजेसम्म खोल्ने दिने निर्णय गरेको छ ।

निजी यात्रुबाहक सवारी साधन मोटरसाइकल, मयुरी, अटो, ट्याम्पोमा जोर–बिजोर प्रणालीका आधारमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी सञ्चालन गर्न पाइने छ ।