फागुन १८, २०७७ मंगलबार

एजेन्सी

एजेन्सी : इटालियन लिग सिरि ए फुटबलमा साविक विजेता युभेन्टस र स्पेजिया भिड्दै छन् । 

नेपाली समयअनुसार आज राति १:३० बजेबाट सुरु हुने खेल युभेन्टसको घरेलु मैदान एल्लिनाज टुरिनमा हुनेछ । 

आजको खेलमा सहज जित निकाल्दै घरेलु टोलि युभेन्टस शिर्ष स्थानको इन्टर मिलानसँग अंक दुरि घटाउन चाहन्छ । हाल युभेन्टस २३ खेलमा ४६ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । जुन शिर्ष स्थानको इन्टर मिलानको भन्दा १० अंक कम हो । 

यता स्पेजिया २४ खेलमा २५ अंक जोड्दै लिगको १४ औं स्थानमा छ । स्पेजियाले लिगको पछिल्लो ५ खेलमा दुई जित, दुई हार र एक बराबरीको नतिजा निकालेको थियो । दुई टोलीबिच भएको पछिल्लो खेलमा युभेन्टस ४-१ गोलले विजय भएको थियो ।