घरेलु टोली वेस्टईन्डिज र पाहुना टोली दक्षिण अफ्रिका बिचको ५ खेलको टि ट्वान्टी शृखंला अन्तर्गतको तेस्रो खेल आज हुदै छ।
ग्रेनेडाको नेशनल क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समयानुसार रातको ११:४५ मा सुरु हुनेछ।
यि दुई बिचको पहिलो खेल वेस्टईण्डिजले जितेकोमा दोस्रो खेल भने दक्षिण अफ्रिकाले जितेर शृखंला १-१ को बराबरीमा पुऱ्याएका छन्।
आजको खेल जित्दै दुवै टोली शृखंलामा अग्रता लिन चाहान्छन्।