असार १५, २०७८ मंगलबार

एजेन्सी । ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता पराग्वेलाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

मङ्गलबार बिहान भएको खेलमा पराग्वेमाथि १–० गोलको जित निकाल्दै उरुग्वे अन्तिम आठमा पुगेको हो । 

ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा उरुग्वेलाई जिताउन एडिन्सन काभानीले निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै उरुग्वेको जितमा निर्णायक बन्यो ।

उक्त जितसँगै उरुग्वेले क्वाटरफाइनलमा स्थान बनाएको छ । अब, उसले सेमिफाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ ।