बुधबारदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उक्त प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागको भनाइ छ । विभागले यस्ता क्षेत्रमा सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । यस्तै पछिल्लो ३ घण्टामा तनहुँ स्थित बिमलनगर वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।मर्स्याङ्दी बिमलनगरको जलमापन केन्द्रमा जलसतह बढेको समेत महाशाखाले जनाएको छ । महाशाखाले सो क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।