फागुन १८, २०७७ मंगलबार


काठमाण्डौ।
आगामी शनिबार देखि काठमाडौमा सुरु हुने मेयर कप क्रिकेट प्रतियोगिताको खेलतालीका सार्वजनिक भएको छ । प्रतियोगिता उद्घाटन खेलमा टियु मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब बिच खेल हुदा सोहि दिन मुलपानी मैदानमा नेपाल पुुलिस क्लब र बागमती प्रदेश बिच खेल हुनेछ । 

कुल पाँच टोली सहभागी रहने उक्त प्रिितयोगिताको फाइन खेल फागुन २९ गते  हुनेछ । 
यस प्रतियोगितामा तिन विभागिय टोली , बागमती प्रदेश र महानगर ११ को टोली बिच प्रतिस्पर्धा हुने छ ।

गएको प्रधानमन्त्री कपमा उत्कृष्ट रहेका बागमती प्रदेश बाहेकका खेलाडीहरु रहेको महानगर ११ टिम सोमबार मात्र सार्वजनिक भएको थियो।

No photo description available.