नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन पाँच दशमलव ११ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ४७ दशमलव ४९ अंकले घटेर २८ सय २८ अंकमा पुुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ८७ अंकले घटेर पाँच सय २३ दशमलव ७० अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय २३ वटा कम्पनीहरुको ७५ हजार आठ सय ८० पटकको कारोबारमा एक करोड ४० लाख ४४ हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कुुल सेयर कारोबार रकम छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार आठ सय ६९ रुपैयाँ पुुगेको छ ।
१३ वटा समूहको कारोबार हुँदा आज लघुुवित्त समूहको सूचक २६ दशमलव चार अंकले बढेको छ भने बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।
तिमध्ये वाणिज्य बैंक समूहको सूचक २६ दशमलव ४४ अंकले घटेर १९ सय २३ दशमलव ९९ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि दुुई सय ५१ दशमलव ५३ अंकले घटेर १४ हजार एक सय ३३ दशमलव ५७ अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय ६५ दशमलव ९८ अंकले घटेर १७ हजार एक सय ७२ दशमलव ४० अंकमा झरेको छ भने जलविद्युत, विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
आज ओरन्टल होटेल समूहको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले बढेर छ सय छ रुपैयाँमा कारोबार हुँदा प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ५५ प्रतिशतले घटेर तीन सय १० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज राधी जलविद्युुत कम्पनीको प्रतिकित्ता सात सय ९० रुपैयाँ अन्तिम मूल्यमा ४९ करोड ८३ लाख २५ हजार नौ सय ५० रुपैयाँको कारोबार भएको छ । यो आज भएको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।