असार १६, २०७८ बुधबार

घरेलु टोली वेस्टईण्डिज विरुद्धको ५ खेलको टि ट्वान्टी शृखंला अन्तर्गतको तेस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले रोमान्चक जित निकालेको छ।

आज बिहान सम्पन्न सो खेलमा पाहुना टोलीले १ रनको रोमान्चक जित हात पारेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाउन सक्यो। उसका लागि विकेट किपर क्विटन डि ककले ७२ रनको सर्वाधिक ठुलो पारी खेल्दा रसिन भान डुसनले ३२ रन बनाए। वेस्टईण्डिजका लागि ओवेड मेकोईले ४ तथा ड्रोयन ब्राबोले ३ विकेट लिए। 

१६८ रनको लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रनमा समेटिएको थियो। उसका लागि ओपनर ईभेन लुईस र उपकप्तान निकोलस पुरनले समान २७/२७ रनको ईनिङ खेल्दा आन्द्रे रसेलले  २५ रन बनाए। अन्य ब्याट्सम्यानले सोचे अनुरुपको खेल देखाउन नसक्दा वेस्टईण्डिजले हारको सामना गर्नु पऱ्यो। दक्षिण अफ्रिकाका लागि लिए भने तबरेज साम्सी,एनरिक नोर्जे र तबरेज साम्सीले समान २/२ विकेट लिए भने कागिसो रबडा,जर्जियो लिन्डी र लुगीं एन्गेडीले समान १/१ विकेट लिए  

जितसॅंगै पाहुना टोलीले शृखंलामा २-१ को अग्रता गराएको छ । यि दुई बिचको चौथो टिट्वान्टी खेल बिहिबार बेलुका हुदैछ।