असार १६, २०७८ बुधबार

भ्रमणकारी टोली श्रीलंका माथी घरेलु टोली इंग्ल्याण्डले ३ खेलको एकदिवय शृखंलाअन्तगर्तको मंगलबार सम्पन्न पहिलो खेलमा जित हासिल गरेको छ। 

टस हारेर पहिला ब्याटिगंमा आएको श्रीलंकाले कप्तान कुशल परेरा तथा वनिन्दु हषरगांको अर्धशतकीय इनिङको मद्दतमा १८५ रनको सामान्य योगफल ४२.३ ओभरमा अलआउट हुनुपुर्व बनायो। उसका ८ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे। इंग्ल्याण्डका लागि म्यान अफ दि म्याच समेत भएका क्रिस वोक्सले ४ तथा डेबिड बिलिले ३ विकेट लिए भने मोईन अलिले १ विकेट लिए। 

१८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४.५ ओभरमा ५ विकेट गुमाएर भेट्यो। उसका लागि जोन रुट ७९ रनमा नटआउट रहे भने ओपनर जोनी बेयस्ट्रोले २१ बलमा ४३ रन बनाए। श्रीलंकाका लागि भने दुस्मन्थ चमराले ३ तथा विनुरा फर्नान्डो र चमिका कुनरारत्नेले १/१ विकेट लिए। 

यससॅंगै घरेलु टोलीले शृखंलामा १-० को अग्रता लिएको छ। यि दुई बिचको दोस्रो एकदिवसिय खेल बिहिबार हुदै छ।