असार १६, २०७८ बुधबार

 पाकिस्तान । पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुटोले पाकिस्तान शासित काश्मीर ( पिओके)को जनताले प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको कठपुतली सरकारलाइ नमान्ने बताएका छन्।

बिलावलले विधान सभा चुनाव हुनुभन्दा अघि पिओकेको रावलाकोटमा चुनाव प्रचार जुलुसमा भने- "हामीले इस्लामाबादलाई यो सन्देश पुर्याउनु पर्दछ कि कश्मीरका जनताले आफ्नो भविष्यको निर्णय आफै गर्न सक्छ्न,"। पीपीपीका अध्यक्षले इमरान खानको निन्दा गर्दै  भने "पाकिस्ताका जनताले सरकारको असफलता र 'परिवर्तन' नाराको बोझ उठाइरहेका छन । उनले भने पिओकेका जनताले खानको मुद्रास्फीति सुनामीको सामना गरिरहेका छन्"।

उनले र्यालीको क्रमा भने "यो कायर कठपुतली वास्तवमा सुरक्षाको लागी खतरा भएको छ"। यस अघि पीपीपी नेताले इम्रान खानको नेतृत्वमा रहेको सरकारले देशमा गरिबी, मुद्रास्फीति र बेरोजगारी ल्याएको बताएका थिए। बिलावलले संघीय सरकारले पिओकेको ऊर्जा परियोजनाहरुमा कर लगाउने कोशिस गरिरहेको  र चरम आर्थिक संकटमा परेका जनतालाई घाइते बनाएको आरोप लगाएका छन ।

भारतको बिहारमा विपन्न परिवारको विधार्थीले निजामती सेवा उत्तिर्ण गरी स्थानीयमा प्रेरणा पट्ना । भारतको बिहार राज्यमा विपन्न परिवारका विधार्थीले निजामती सेवा परिक्षा उत्तिर्ण गरी स्थानीय मानिसहरुलाई उत्प्रेरणा मिलेको छ ।

बिहारको अउरन्जबाद जिल्लास्थित विपन्न परिवारका विधार्थीले महत्वकांक्षी निजामती सेवा परिक्षा पास गरेर स्थानीयलाई प्रेरित गरेका छन् । अउरन्जबादका २७ बर्षीय बिरेन्द्र कुमारले बिहार सार्वजनिक सेवा आयोगमा निजामती सेवा परिक्षा पास गरेका हुन । अध्ययनका साथै उनले परिवारको जीविकापार्जनका लागि बाटोमा कुखुराको अण्डा बेच्ने काम गर्दै आएका छन् । उनको सफलताले प्रतिबद्धता र लगनशीलताले सफलता हासिल हुने उदाहरण दिएको छ । उनले पहिलो प्रयासमै परिक्षा उत्तिर्ण गरेपछि उनको विपन्न परिवार र बस्तिमा मिडिया तथा मानिसहरु आउने क्रम बढेको छ ।

उनको सफलतालाई स्थानीय मिडियाहरुले उत्प्रेरणाको रुपमा स्टोरी बनाईरहेका छन् । बिरेन्द्र कुमारको बुबाले जुत्ता सिउने काम गर्दै आएका थिए भने उनको मृत्युपछि परिवारमा चरम आर्थिक संकट आएको उनी बताउँछन् । बिरेन्द्र कुमारले दिनभरी अण्डा बेच्ने काम गरेको र रातको समयमा कठोर अध्ययन गरेको बताएका छन् । कठोर मेहनतपछि निजामती सेवा उत्तिर्ण गर्न पाउँदा खुशी अनुभूति गरेको उनले बताए ।