असार १६, २०७८ बुधबार

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका ६८ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा जारी छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही असार २१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

तर अन्य जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ । बैतडी र सिरहामा असार ३१, कास्की, बागलुङ, डडेल्धुरा र स्याङ्जामा असार २५, पर्वत, नुवाकोट र तनहुँमा असार २४, कालीकोट, महोत्तरी र म्याग्दीमा असार २३,कञ्चनपुरमा असार २१ गतेसम्म  निषेधाज्ञा लम्ब्याइएको छ । कैलाली, दाङ, पाल्पा, गुल्मी, रामेछाप, अर्घाखाँची, इलाम, सिन्धुपाल्चोक र धादिङमा असार २२, पर्सा, सल्यान, दार्चुला, प्युठान, डोटी, रोल्पा र रौतहटमा असार २०, गोरखामा असार १९, नवलपरासी पूर्व र धनकुटामा असार १८, केही जिल्लामा असार १७ र र केही जिल्लामा आजसम्म निषेधाज्ञा कायम छ । ती जिल्लामा पनि निषेधाज्ञा थपिन सक्छ । बाजुरा र बारामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ ।