आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।