नेपाल सरकारले वीर योध्दा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ।
उनि सन् १९७१ सालमा नेपाल(अंग्रेज युद्धको बखत युध्द मैदानमा लडेर बहादुरी प्रदर्शन गरेका थिए। नेपाल सरकारका प्रवक्ता बसन्त नेम्बाङले सो जानकारी दिएका हुन।
उनका अनुसार सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका संचारमन्त्री नेम्वाङले सो जानकारी गराएका हुन् । यसैगरी नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त गरिएको छ। यसैगरी नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्षमा डा. अर्जुन कार्की र सदस्यहरुमा डा. अमिना सिंह, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त गरिएको छ। यस्तै योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन् ।
एशियाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षको लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई पठाईने पनि निर्णय भएको छ।