माघ ८, २०८० सोमबार

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  सोमबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।