असार १७, २०७८ बिहिबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता हेर्न गएका स्कटल्यान्डका करिब दुई हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य स्कटल्यान्डले एक हजार ९ सय ९१ जना सङ्क्रमित पुष्टि भएकोमा दुई तिहाई इङ्ग्ल्यान्डविरुद्ध खेल हेर्न गएकासँग जोडिएको जनाएको छ । 

गत जुन १८ मा लन्डनको वेम्ब्ली स्टेडियममा स्कटल्यान्ड र इङ्ग्ल्यान्डले खेलेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । सोही खेल हेर्न सयौँको सङ्ख्यामा खेलप्रेमीले लन्डन भ्रमण गरेका थिए । जसमध्ये तीन सय ९७ जना वेम्ब्ली रङ्गशालामा उपस्थित थिए भने ग्लासगौ र हयाम्पडेनमा भएको खेलसँग सम्बन्धित केहीमा सङ्क्रमणको पुष्टि भएको छ ।