असार १७, २०७८ बिहिबार

नेपाली बजारमा आज ९बिहीबार० सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज आठ सय रुपैयाँले बढेको हो । छापावाल सुन आज प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।