एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनहमले पोर्चुगिज प्रशिक्षक नुनो सान्टोलाई मुख्य प्रशिक्षक रुपमा नियुक्त गरेको छ । वल्भ्सका पूर्व प्रशिक्षक नुनोले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेका छन् ।
जोसे मोरिन्हो बर्खास्त गरेपछि टोटेनहमको टिम रायन मासनले सम्हाल्दै आएका थिए । नुनोले गत सिजनको अन्त्यसँगै वल्भ्स छाडेका थिए । पोर्चुगलका पूर्व गोलकिपर समेत रहेका नुनो सन् २०१७ मा उल्भ्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।