असार १७, २०७८ बिहिबार

नेपाल राष्ट्र बैंकको नामबाट फेसबुक पेज स्थापना गरी जथाभावि बैंकका भ्रमित सूचनाहरु संप्रेसण भए पछि राष्ट्र बैंकले आफ्नो आधिकारिक फेसबुक पेज नभएको जनाएको छ । हालसम्म बैंकले कुनै पनि फेसबुक पेज स्थापना नगरेको जानकारी गराउदै अनधिकृतरूपमा फेसबुकको प्रयोग भएको प्रति विहिबार विज्ञप्ती प्रकाशित गरी आपत्ति जनाएको छ । 

बैंकले विज्ञप्तीमा हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आसन फेसबुक पेज मार्फत नगरिएको उल्लेख गरेको छ । 

नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने गराउनेलाई साइबर अपराधसम्बन्धी कानून बमोजिम कारवाही हुने बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रविष्ट नगर्न अनुरोध गरेको छ ।