एजेन्सी : इटालियन लिग सिरि ए फुटबलमा साविक विजेता युभेन्टसले स्पेजियालाई पराजित गरेको छ ।
बुधबार बिहान सम्पन्न भएको खेलमा युभेन्टसको घरेलु मैदान एल्लिनाज टुरिनमा पाहुना टोलि स्पेजियामाथि ३-० गोलको सहज जित निकालेको हो ।
युभेन्टसको जितमा अल्भारो मोराटा , फेडरिको चियासा र क्रिस्टियानो रोनाल्डोले समान १-१ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर दोस्रो हाफको खेलको ६२औं मिनेटमा मोराटाले गोल गरि युभेन्टसलाई १-० गोलको अग्रता दिलाए । त्यस्तै ७१औं मिनेटमा चियासाले गोल गरि पुनः युभेन्टसलाई २-० गोलको आरामदायी अग्रता दिलाए ।
त्यसपछि खेलको अन्तिम ८९औं मिनेटमा रोनाल्डोले गोल गरि युभेन्टसलाई ३-० गोलको सहज जित दिलाए । तर खेलको अतिरिक्त समयको ९६औं मिनेटमा पाहुना टोलि स्पेजियाले पेनाल्टीको अवसर पाएको थियो तर उक्त पेनाल्टी युभेन्टसका गोलरक्षकले सानदार बचाउ गरे र खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
उक्त जितसँगै युभेन्टसले शिर्ष स्थानको इन्टर मिलानसँग ७ र दोस्रो स्थानको एसी मिलानसँग ३ अंक दुरि घटाएको छ । क्रमशः ५६ , ५२ र ४९ अंकका साथ युभेन्टस तेस्रो स्थानमा रहेको छ । यता पराजित स्पेजियाको भने २५ खेलबाट २५ अंकसहित १५औं स्थानमा रहेको छ ।