असार १७, २०७८ बिहिबार

घरेलु टोली वेस्टईन्डिज र पाहुना टोली दक्षिण अफ्रिका बिचको ५ खेलको टि ट्वान्टी शृखंला अन्तर्गतको चौथो खेल आज हुदै छ। 

ग्रेनेडाको नेशनल क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समयानुसार रातको ११:४५ मा सुरु हुनेछ। 

यि दुई बिचको पहिलो खेल वेस्टईण्डिजले जितेकोमा दोस्रो तथा तेस्रो खेल भने दक्षिण अफ्रिकाले जितेर शृखंलामा पाहुना टोलीले २-१ को अग्रता बनाएको छ।

आजको खेल जित्दै घरेलु टोली शृखंलामा बराबरी गर्न चाहान्छ भने पाहुना टोली दक्षिण अफ्रिका भने आजको खेलमा जित हासिल गर्दै एक खेल अगावै शृखंला जित्न चाहान्छ।