एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसियाको तेस्रो चरणको छनोटको ड्र सार्वजनिक भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार तेस्रो चरणमा छनोट भएका १२ टोलीको समूहको ड्र गरेको हो । एएफसीले १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार जापान र अष्ट्रेलिया एकै समूह बी मा परेका छन् ।
त्यस्तै समूह ए मा दक्षिण कोरिया र इरान परेको छ । समूह 'ए' मा दक्षिण कोरिया, इरान, युएई, इराक, सिरिया र लेवनान रहेका छन् ।
समूह 'बी' जापान र अष्ट्रेलियासँगै चीन, साउदी अरेबिया, ओमान र भियतनाम रहेका छन् । तेस्रो चरणको छनोट खेलहरु आगामी सेप्टेम्बरबाट सुरु हुनेछ ।
समूहको शीर्ष दुई टोली कतार विश्वकपमा छनोट हुने छन् । समूहको तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउने छन् । प्ले अफमा विजेता टिम अन्तरमहादेशीय प्ले अफमा खेल्ने पाउनेछ ।