काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय महिला टोलीका नियमित सदस्य एन्जिला तुम्बाप्पो सुब्बा, गिता राना, अनिता केसी र सरु लिम्बुले पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् ।
पाकिस्तान फुटबल फेडेरेशन (पीएफएफ) ले आयोजना गर्ने लिगमा चारै खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट खेल्ने टुंगो लागेको हो । उक्त प्रतियोगिताका मार्च ८ बाट सुरु हुनेछ । र अप्रिल ३ सम्म कराचीमा आयोजना हुँदैछ । प्रतियोगितामा २० क्लबको सहभागीता रहनेछ । त्यस प्रतियोगिताको लागि उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।
उनिहरु चारै खेलाडीले हालै सम्पन्न राष्ट्रिय महिला लिगमा एपीएफलाई अपराजित राख्दै उपाधि दिलाएका थिए । गोलरक्षक एन्जिला, डिफेन्डर गिता, मिडफिल्डर सरु र स्ट्राइकर अनिता रहेकी छिन ।
चार नेपाली खेलाडी सम्मिलित मासा युनाईटेड समूह 'बी' मा रहेको छ । प्रत्येक समूहमा पाँच टोली रहेका छन् ।