विश्व स्वास्थ्य संगठनले कोभिडबाट बच्न मास्क, सामाजिक दुरी साथै अन्य सुरक्षात्मक उपायहरुलाई निरन्तर अवलम्बन गरिरहनु पर्ने बताएको छ ।
यसको कारण संसारभर तिब्र गतिमा फैलिरहेको अत्यधिक संक्रामक डेल्टा भेरियन्ट भएको संगठनले जानकारी दिएको छ । संगठनका असिस्टेंट डाईरेक्टर जनरल डाक्टर मारिनागेला सिमोले संघठनको मुख्य कार्यालयमा आयोजित साप्ताहिक प्रेस ब्रीफिङमा भने ‘अहिले भ्याक्सीनको दुई डोज लगाउँदैमा पूर्ण सुरक्षित महसूस गर्न सक्ने स्थिति छैन । कोभिडबाट आफ्नो सुरक्षा सुनिश्चित गर्न निरन्तर स्वास्थ मापदण्डहरुको पालना तथा विशेष सावधानी आवस्यक छ ।’
सिमोका अनुसार खोपले मात्र समाजमा हुने कोभिडको संक्रमण रोक्न सकिदैन । त्यसैले भ्याक्सिन लगाए पनि घर भित्र र बाहिर अनिवार्य रुपमा मास्क प्रयोग गर्नु जरुरी छ ।
अहिले पनि हातको सररसफाई, सामाजिक दुरी अर्थात भीड़भाड़बाट परै रहने जस्ता नियमको पालना उत्तिकै महत्त्वपूर्ण छन्। विश्व स्वास्थ्य संगठनको यो सुझाब तब आयो जब अमेरिका ,इजरायल सहित संसारका केही मुलुकले मास्कको अनिवार्यता समाप्त भएको घोषणा गरेका छन् र महामारीविरुद्ध अपनाइएका कडा नियमहरुलाई खुकुलो बनाउँदै लगेका छन् ।
किनभने कोभिडविरुद्धको खोपका कारण धेरै जसो देशमा संक्रमण तथा मृत्युुको ग्राफ ओरालो पनि लागिरहेको छ । स्वास्थ विशेषज्ञहरुका अनुसार तिब्र गतिमा फैलने डेल्टा भेरियन्टले अब ती देशहरुलाई आफ्नो शिकार बनाउन सक्छ जहाँ प्रयाप्त मात्रामा खोप पुगेको वा लगाइएको छैन ।
विश्व स्वास्थ्य संगठनका प्रमुखका वरिष्ठ सल्लाहकार डाक्टर ब्रूस आइलेवर्डले उक्त प्रेस ब्रीफिंङमा भने ‘अनुसार हामी केही सुरक्षात्मक उपायहरुमा देशको परिस्थिति अनुसार कटौती गर्न सक्छौं ।’
यसमा अलगरअलग देशमा अलगरअलग स्वस्थ्य नियम लागु हुन सक्छ । यद्यपि हामीले स्वास्थ मापदण्डहरुको पालना र सावधानी अपनाउने कुरालाई नजरअन्दाज गर्न मिल्दैन किनभने हामिले देखिरहेका छौ अहिले कोरोना भाईरसका नयाँ र नयाँ भेरियन्ट्स फेला परिरहेका छन ।
विश्व स्वास्थ्य संगठनका वरिस्ठ अधिकारिहरुले पहिलो पटक भारतमा देखिएको डेल्टा भेरियन्ट अहिले कम से कम ९२ वटा देशमा पुगिसकेको जानकारि समेत दिएका छन् ।