एजेन्सी । जर्मन बुनडेसलिगा फुटबल क्लब बोरुसिया डर्टमुन्डका युवा प्लेमेकर जाडोन सान्चोलाई इंग्ल्सि प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्भन गरेको हो ।
आज क्लबले अफिसियल रूपमा सान्चोलाई आफ्नो खेलाडीको रूपमा भित्र्याएको हो । युनाइटेडले सान्चोका लागि डर्टमुन्डलाई ७३ मिलिलयन पाउन्ड ८५ मिलियन युरो सरुवा फी तिरेको छ । क्लब डर्टमुन्डले सान्चोलाई युनाइटेडले अनुबन्ध गरेको घोषणा अफिसियल सामाजिक सन्जाल र वेबसाइटमार्फत् गरेको छ ।
२१ वर्षीय सान्चोले युनाईटेडसँग पाँच वर्षको सम्झौता गरेका छन्। वाटफोर्डको एकेडेमीबाट सुरुवाती फुटबलको कला सिकेका सान्चो २०१५ मा म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्द भएका थिए । दुई वर्ष सिटीको एकेडेमीमा बसेर सान्चो २०१७ मा डर्टमण्ड पुगेका थिए ।
सान्चोले डर्टमण्डका लागि १ सय ३७ खेलमा ५० गोल गरेका छन् । उनको नाममा ५७ असिस्ट समेत रहेको छ । सान्चोले इंग्ल्यान्डका लागि २० खेलमा ३ गोल गरिसकेका छन् । नेसन्स लिग अन्तर्गत २०१८ मा क्रोएसियाविरुद्ध उनले इंग्ल्यान्डको लागि डेब्यु गरेका थिए । सन् २०१७ मा इंग्ल्यान्ड यू१७ को विश्वकप जित्दा सान्चो टिममा महत्वपूर्ण सदस्य थिए । जारी १६ औं संस्करणको युरोकपमा भने उनले मात्र एक खेल खेलेका छन् । जसमा इंग्ल्यान्डका क्वाटफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले सेमिफाइनल प्रवेशको लागि युक्रेनको सामना गर्न छ ।