असार १८, २०७८ शुक्रबार

काठमाण्डौ।  पाहुना टोली दक्षिण अफ्रिका विरुद्धको ५ खेलको टि ट्वान्टी शृखंला अन्तर्गतको चौथो खेलमा घरेलु टोली वेस्टईण्डिज विजयी भएको छ।

बिहान सम्पन्न सो खेलमा कप्तान कायरन पोलार्डको धमाकेदार अर्धशतकमा घरेलु टोलीले २१ रनको जित हात पारेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउन सक्यो। उसका लागि कप्तान कायरन पोलार्डले ५१ रनको अर्धशतकिय पारी खेल्दा ओपनर लिन्डल सेमन्सले ४७ रन बनाउदा ४ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। दक्षिण अफ्रिकाका लागि तबरेज साम्सी र जर्जियो लिन्डाले २/२ तथा एनरिक नोर्जे र कागिसो रबडाले १/१ विकेट हात पारे ।

१६८ रनको लक्ष्य सहित मैदान उत्रिएको पाहुना टोली २० ओभरमा ९ विकेट गुमाउदै १४६ रनमा रोकियो।  उसका लागि ओपनर तथा विकेट किपर क्विटन डि ककले ६० रनको अर्धशतकिय ईनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन्। उसका ७ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। वेस्टईण्डिजका लागि ड्रोयन ब्राबोले ४,आन्द्रे रसेलले २ तथा वेबेट मकोई,क्रिस गेल र कायरन पोलार्डले १/१विकेट लिए। 

जितसॅंगै घरेलु टोलीले शृखंलामा २-२ को बराबरी गराएकोमा शृखंलाको अन्तिम निर्णय पाचौ तथा अन्तिम खेलबाट हुनेछ ।यि दुई बिचको अन्तिम तथा निर्णायक पाचौं टिट्वान्टी खेल शनिबार बेलुका हुदैछ।