असार १८, २०७८ शुक्रबार

 काठमाण्डौ।  भ्रमणकारी टोली श्रीलंका माथी घरेलु टोली इंग्ल्याण्डले ३ खेलको एकदिवय शृखंलाअन्तगर्तको बिहीबार सम्पन्न दोस्रो खेलमा सहज जित हासिल गरी एक खेल अगावै शृखंला जितेको छ। 

टस हारेर पहिला ब्याटिगंमा आएको श्रीलंकाले धन्नजय डा सिल्भाको ९१ रनको अर्धशतकीय इनिङको मद्दतमा २४१ रनको मध्यम योगफल  बनायो। उसका दासुन सनकाले ४७ रनको योगदान गरे। उसका ५ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे। इंग्ल्याण्डका लागि म्यान अफ दि म्याच समेत भएका साम करनले ५ तथा डेबिड बिलिले ४ विकेट लिए । 

 २४२ रनको मध्यम लक्ष्य इंग्ल्याण्डले ४३ ओभरमा ८ विकेट बाकी रहदै  भेट्यो। उसका लागि जोन रुट ६८ रनमा र कप्तान ईयोन मोर्गान ७० रनमा नटआउट रहे भने ओपनर जेसन रोयले ५२ बलमा ६० रन बनाए। श्रीलंकाका लागि भने वविन्दु हसरगां र चमिका कुनरारत्नेले १/१ विकेट लिए। 

यससॅंगै घरेलु टोलीले ३ खेलको शृखंलामा एक खेल अगावै शृखंला २-० ले जितिसकेको छ। यि दुई बिचको अन्तिम एकदिवसिय खेल आईतबार हुदै छ।